प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/LOGO_zqqq0rd_lpuvagi.jpeg
logo/LOGO_zqqq0rd_lpuvagi.jpeg

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वादशी - १२

तालिम समापन गरिएको सम्वन्धमा।

तालिम समापन गरिएको।

तालिम समापन गरिएको सम्वन्धमा।

यस केन्द्रको आयोजना तथा भद्रपुर नगरपालिकाको समन्वयमा भद्रपुर नगरपालिकामा सञ्चालित महिनाको आधारभूत Plumbing तालिम मिति २०८२ आषाढ १२ गते केन्द्रका प्रमुख, भद्रपुर नगरपालिकाका नगरप्रमुख, उप-प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत लगायतको उपस्थितिमा समापन गरियो। कार्यक्रममा बोल्दै नगरपालिकाका तर्फबाट नगरप्रमुखले आगामी दिनमा यस प्रकारका तालिम कार्यक्रममा पालिका र तालिम केन्द्रले आवश्यक समन्वय गरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो।साथै तालिम सम्पन्न गरेका प्रशिक्षार्थीलाई पालिकाको तर्फबाट सक्दो सहयोग प्रदान गरिने समेत बताउनुभयो। त्यसैगरी केन्द्रप्रमुखले सहभागीलाई सिकेको सीपको सीप परिक्षण गर्न र श्रमसंसार पोर्टलमा जोडिन अनुरोध गर्दै प्रशिक्षार्थीलाई आगामी दिनमा अगाडी बढ्न स्थानीय तहले निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।तालिममा कुल १६ जना प्रशिक्षार्थीले प्रमाणपत्र प्राप्त गरेका थिए।